काठमाडौं – सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण नै सरकारी ऋणपत्र हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचत पत्र गरी ४ प्रकारका उपकरण प्रयोगमा ल्याएको छ ।
यी उपकरणमध्ये ट्रे जरी बिल्स र विकास ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था, अन्य सङ्गठित संस्था र नेपाली नागरिकहरूबाट ऋण परिचालन गरिन्छ भने नागरिक बचत पत्रमार्फत बचतमा प्रोत्साहन गर्ने उद्देश्यले सबै नेपाली नागरिक र गैर आवासीय नेपालीबाट ऋण परिचालन गरिन्छ।
यसै गरी वैदेशिक रोजगारमा रही विप्रेषण आय प्राप्त गर्ने नेपाली नागरिक र निजका एकाघर परिवारका सदस्य तथा गैर आवासीय नेपालीलाई लक्षित गरी वैदेशिक बचत पत्र निष्कासन गर्ने गरिएको छ।
यस्ता ऋणपत्रको निष्कासन र व्यवस्थापन नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गर्दछ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मंगलबार (आज) सन्देश जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।
प्रतिक्रिया