काठमाडाैं – तिहार बिदामा पनि बैंकहरुले सेवा दिएका छन् । वाणिज्य तथा विकास बैंकहरुले यस वर्षको तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर सञ्चालन गरि सेवा दिने भएका हुन् ।
नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा छ । तिहार बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् ।
तर, बैंक तथा वित्तीय संस्थाहरूले भने तिहार बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् । तिहार बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने भएका हुन् ।
प्रतिक्रिया