काठमाडौं– नेपाली बजारमा केही दिनयता सुनको मूल्यले नयाँ उचाई चुम्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै आज बिहीबार लक्ष्मी पूजाकाे दिन पनि सुनकाे मूल्य बढेकाे छ ।
मूल्य बढेसँगै आज सुन प्रतितोला छापावाल १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।
हिजो बुधबार पनि सुनको मल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। जुन हालसम्मकै उच्च थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँले तोलाको २ हजार ९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १२० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया