काठमाडौं – वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (इपिएस) औसतमा ३ रुपैयाँको हाराहारीमा बढेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंकहरुको औसत इपिएस १७.६० रुपैयाँ पुगेको हाे।
जुन गत आवको यही अवधिको तुलनामा २.९४ रुपैयाँ बढी हो। गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औसत इपिएस १४.६६ रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा कम इपिएस हुने वाणिज्य बैंकमा एनआईसी एशिया बैंक रहेकाे छ। समिक्षा अवधिमा बैंककाे २.९१ रुपैयाँ इपिएस रहेको छ । समिक्षा अवधिमा सबैभन्दा बढी इपिएस हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड रहेकाे छ। साे अवधिमा बैंककाे इपिएस ३६.५७ रुपैयाँ रहेको छ ।
यस्तै, एभरेष्ट बैंकको ३४.८५ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३१.०३ रुपैयाँ, नबिल बैंकको २९. ८३ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २६.५३ रुपैयाँ, एनएमबि बैंकको २४.९५ रुपैयाँ छ ।
यसैगरी , सानिमा बैंकको इपिएस १७.७६ रुपैयाँ, प्रभू बैंकको १७.६८ रुपैयाँ, माछापुच्छ्रे बैंकको १७.३२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.१६रुपैयाँ, ग्लोबल आईएमई बैंकको १६.७४ रुपैयाँ, कुमारी बैंकको १६.४४रुपैयाँ, नेपाल बैंकको १६.३९रुपैयाँ, हिमालयन बैंकको १३.४२रुपैयाँ, सिद्धार्थ बैंकको १०.६४ रुपैयाँ रहेको छ ।
त्यस्तै, असोज मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको ९.२५ रुपैयाँ, सिटिजन्स बैंकको ५.५८रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंककाे ३.८७ रुपैयाँ, कृषि विकास बैंककाे ३.२५ रूपैयाँ रहेकाे छ ।






About Us
प्रतिक्रिया