काठमाडौं – दक्षिण एसियाली सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलको प्रत्येक गोलमा १ लाख रुपैयाँ दिने गरिमा विकास बैंकले घोषणा गरेको छ । बैंकले बंगलादेशविरुद्ध आज साढे ६ बजे हुने खेलमा नेपाली खेलाडीले गर्ने प्रत्येक गोलमा १ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
नेपाली महिला फुटबल टोली पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्ने संघारमा छ । आज बंगलादेशलाई हराएमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको महिला टोलीले जितेको पहिलो उपाधि हुनेछ । सोहीकारण, नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गरिमा विकास बैंकले १ लाख रुपैयाँको घोषणा गरेको ।
खेल क्षेत्रमा कर्पोरेट क्षेत्रको आवागमनले खेलाडीको आर्थिक आम्दानी बढ्ने र यससँगै खेल मैदानमा उनीहरुको मनोबल बढ्ने गर्छ । यही लक्ष्य गरिमा विकास बैंकले लिएको छ । यसअघि, सन् २०२२ को साफ फाइनलमा नेपाली टोली बंगलादेशसँग पराजित बनेको थियो । आजको खेललाई यसअघिको हारको बदला लिँदै नयाँ इतिहास रच्ने मौकाकारुपमा नेपाली टोलीले लिएको छ ।
प्रतिक्रिया