घटेर बन्द भयाे तिहार अघिकाे शेयर बजार, १४ अंकले परिसूचक घट्दा ५ अर्बकाे काराेबार

घटेर बन्द भयाे तिहार अघिकाे शेयर बजार, १४ अंकले परिसूचक घट्दा ५ अर्बकाे काराेबार


काठमाडौं – सोमबार र मंगलबार लगातार बढेको शेयर बजारमा आज गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १४ दशमलव ४३ अंकको गिरावट देखिएको हाे ।

नेप्से परिसूचक घटेसँगै बजार २६ सय ६७ दशमलव.६२ को बिन्दुमा रोकिएको छ । आज ७५ कम्पनीले नाफा कमाउदा १६४ कम्पनी घाटामा गएका छन् । आज ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोडको शेयर कारोबार भएको छ ।

आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनकिो ३४ करोड १७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन्।