नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं – नबिल बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश कर सहित अर्थात् प्रति शेयर १० रुपैयाँ कर सहित वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।