काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई दर्जन नेता कार्यकर्ता (सांसदसहित) लाई नेपाल प्रहरीले धरपकड गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सरकारविरुद्ध शान्तीपूर्ण आन्दोलन गरिरहेका नेता र कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो ।
रास्वापाले आज सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा बालुवाटारमा वृहत् प्रदर्शन गरिरहेको छ । सुरुमा पोखरामा केन्द्रीत आन्दोलनको रणनीति फेर्दै रास्वपाले काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेको छ । बालुवाटारमा आज १० हजार कार्यकर्ता सडकमा ल्याउने लक्ष्यसहित रास्वपा आन्दोलनमा होमिएको छ ।
पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने पक्राउ परेका छन् । पक्राउ परेका लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेलाई सत्तारुढ दलले राजनीतिक प्रतिशोध साधेर पक्राउ गरेको रास्वपाको आरोप छ। यही विरोधमा रास्वपाले निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।
प्रतिक्रिया