विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा सघाउन २० अर्ब रुपैयाँ दिँदै

विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा सघाउन २० अर्ब रुपैयाँ दिँदै


काठमाडौं– विश्व बैंकले नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोफी ड्र–डाउन) अन्तर्गत २० अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्झौता भएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा विश्व बैंक र नेपाल सरकारबीच सम्झौता भएको हो।

उक्त सम्झौतमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुने बताइएको छ।