काठमाडौं – केही दिनयता निरन्तर घटेको शेयर बजारमा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंककको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ दशमवल ४१ अंकलले बढेर २६ सय ४५ दशमलव ३६ को बिन्दुमा बन्द भएको छ ।
आज २१३ कम्पनीमा फाइदामा जाँदा २८ कम्पनीमा घाटामा जाँदा २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज दिनभरमा ३ सय ७ कम्पनीको १ करोड ४१ कित्ता शेयर कारोबा हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जानकी फाइन्स कम्पनी, डोर्दीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी नेपाल फाइन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड माथिकोे शेयर कारोबार भएको हाे । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रो पावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन
प्रतिक्रिया