काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक ८ गते बिहीबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
अघिल्लो दिन कात्तिक ७ गते बुधबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २६ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ३ अर्बले घटेको छ । कात्तिक ७ गते ५८ खर्ब ९२ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ८ गते ५८ खर्ब ८९ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा झिनो सुधार देखिएको । कात्तिक ७ गते ५२ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ८ गते ५२ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह १ अर्बले बढेको छ । गत कात्तिक ७ गते ४६ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ८ गते ४६ खर्ब ६७ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर २.८० प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.२७ प्रतिशत कायम भएको देखाएको छ ।



About Us
प्रतिक्रिया