शेयरधनीहरूलाई प्राइम कमर्सियल बैंकद्वारा ५ प्रतिशत नगद लाभांश घोषणा



काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ ।