ग्लोबल आईएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड २०२४’

ग्लोबल आईएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड २०२४’


काठमाडौं – ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स म्यागजिन’को ‘बेष्ट बैंक अवार्ड २०२४’ प्राप्त गरेको छ । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासलाई आधार बनाएर ग्लोबल फाइनान्स म्यागजिनले प्रत्येक वर्ष ‘बेष्ट बैंक अवार्ड’ प्रदान गर्दै आइरहेको छ । यहीक्रममा ग्लोबल आईएमई बैंकले यस वर्षको बेष्ट अवार्ड पाएको हो ।

‘यो उपलब्धि हामी सबैको लागि प्रेरणा हो । यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ,’ बैंकले भनेको छ ।