यो साता एक हजार रुपैयाँले बढ्यो सुन, कुन दिन कतिमा कारोबार भएको थियो ? 

यो साता एक हजार रुपैयाँले बढ्यो सुन, कुन दिन कतिमा कारोबार भएको थियो ? 


काठमाडौं – यो साता पनि नेपाली बजारमा  सुनको मूल्यमा कीर्तिमानी कायम गर्ने हुने क्रम जारी रह्यो । साताभरिमा आइतबारदेखि बुधबारसम्म दिनहुँ बढ्दै कीर्तिमानी राखेको सुनको मूल्यमा बिहीबार गिरावट देखियो भने शुकबार स्थिर रह्यो । बिहीबार र शुकबार बाहेक अन्य दिन बढेको सुनको मूल्यमा साताभरिमा १ हजारको वृद्धि देखियो ।

साताको पहिलो दिन आइतबार १ लाख ६५ हजारबाट सुरु भएको सुनको मूल्य शुक्रबार १ लाख ६६ हजारमा पुगेर रोकिएको छ। यो साता आइतबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार रुपैयाँ थियो जुन अघिल्लो साताको शुक्रबारको तुलनामा ६ सय रुपैयाँ बढी हो ।

आइतबार, सोमबार तोलामा ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँले बढेको थियो । बिहीबार तोलामा सात सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर रह्यो ।

कुन दिन कति थियो सुनको मूल्य ?

आइतबार – १  लाख ६५ हजार रुपैयाँ

सोमबार– १ लाख ६५ हजार छ सय रुपैयाँ

मंगलबार – १ लाख ६५ हजार नौ सय रुपैयाँ

बुधबार– १ लाख ६६ हजार सात सय रुपैयाँ

बिहीबार–  १ लाख ६६ हजार रुपैयाँ

शुक्रबार – १ लाख ६६ हजार रुपैयाँ (स्थिर)