सहकारी बिभाग सँगै छैन ३ हजार माथिको दर्ता रेकर्ड

सहकारी बिभाग सँगै छैन ३ हजार माथिको दर्ता रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सहकारी बिभागको उपरजिष्ट्रार खिमानन्द आचार्यका अनुसार देशभर रहेको सहकारीको विवरण सहकारी विभाग सँग नरहेको बैकिङ्ग समाचारलाई बताएका छन् । 

सहकारी संस्थाहरुको विवरण राख्ने सहकारी विभाग संग नै देशभर सहकारीको सम्पूर्ण विवरण नरहेको उनले बताए । 

उनले भने, देश संघिय प्रणालीमा गएकोले धेरै जस्तो सहकारी संस्थाहरु स्थानिय निकायमा नै दर्ता हुने भएकोले त्यस्तो स्थानिय स्तरमा दर्ता भएको सहकारीको विवरण हामी संग नरहेको आचार्यले जनाएका हुन् ।

हाल सम्म सहकारी विभागमा दर्ता भएका सहकारीहरुको संख्या २९ हजार ८ सय ८६ रहेको छ । तर हाल सहकारीको संख्या ३२ हजार भन्दा माथि रहेको अनुमान गर्न सकिन्छ आचार्यले भने । 

तर सहकारी ऐन,२०७४ मा भने दरखास्त सहितको कागजपत्रहरु छानबिन गर्दा रजिष्ट्रार वा उपरजिष्ट्रार बाट अधिकार प्राप्त अधिकारीको दस्तखत गर्नुपर्ने कुरा लिखिएको भएपनि ऐन विपरित स्थानिय तहमा सहकारीहरु दर्ता भईरहेको पाईन्छ ।