काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गर्दैछ।
बुधबार बयान नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालत पेश गर्न लागेको हो। जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो। सो म्याद आज सकिएको छ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान नसकिएको हो। लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।
प्रतिक्रिया