ज्योति विकास बैंकका ग्राहकलाई ठमेल र पोखराको दुईवटा होटलमा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई ठमेल र पोखराको दुईवटा होटलमा विशेष छुट


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

बैंकले काठमाडौंको ठमेलस्थित रामाडा इन्डोरमा १५ प्रतिशत र पोखराको लेकसाइडस्थित दहिला बुटिक होटेलमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउनेछन्।