काठमाडौं – युनाइटेड अजोज इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल पुर्याइएका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको हो ।
उनलाई काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी बनेर फर्कनेक्रममा मुटुमा समस्या आएपछि अस्पताल पुर्याइएको थियो । भक्तपुरको नागरिक अस्पतालमा उपचारकाक्रममा आज बिहान निधन भएको बताइएको छ ।
रावलले बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव संगालेका थिए । रावल युनाइटेड अजोडको प्रमुख कार्यकारी बन्नुअघि नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।
प्रतिक्रिया