सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको दुई लाख पुग्ने सम्भावना

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको दुई लाख पुग्ने सम्भावना



काठमाडाैं – सुनको मूल्यले आन पनि नयाँ रेकर्ड कायम राखेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेर २ हजार १ सय ३५ रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।