एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आज हुँदै

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा आज हुँदै



काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले आज कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्ने भएको छ । एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ।

सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्नेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ।

जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९.८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ असोज २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।