नबिल बैंकले पहिलो त्रैमासमा कमायो २ अर्ब बढी नाफा, अन्य सूचक कस्ता ?

नबिल बैंकले पहिलो त्रैमासमा कमायो २ अर्ब बढी नाफा, अन्य सूचक कस्ता ?


काठमाडौं – नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्ष यसले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले चालु आवको पहिलो त्रैमासमा खुद नाफालाई ३९. ९७ प्रतिशतले वद्धि गरेकाे छ । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३६.०९ प्रतिशतले बढ्दा खुद नाफा आक्रामक तरिकाले वद्धि भएको छ ।

गत आवको सोही अवधिमा दुई अर्ब १२ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा यस अवधिमा बढेर दुई अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज सामान्य अंकले घटेर एक अर्ब ११ करोड रुपैयाँबाट ४५ करोड ७७ लाखमा झरेको छ ।

यसले गर्दापनि बैंकको नाफा बढ्न टेवा पुगेको छ । नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।