हिमालयन बैंकको नाफा घट्याे, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको नाफा घट्याे, अन्य सूचक कस्ता ?


काठमाडौं – हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ३१.२२ प्रतिशतले घटेको बताएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत घटेको छ। हालसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.४३ प्रतिशत बढेको छ।