नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्याे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घट्याे


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत गिरावट आएको जनाएको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशत बढेको छ। हाल बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६.०६ प्रतिशत बढेको छ।