काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले पहिलो त्रैमासमा मात्रै ५० करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै ५० करोड ३२ लाख खुद नाफा आर्जन गरेको जनाएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले सो अवधिसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। हाल बैंकको चुक्ता पूँजी११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ।
प्रतिक्रिया