बैंकको ऋण तिर्न ४९ करोडको हकप्रद बिक्री गर्दै थ्रीस्टार

बैंकको ऋण तिर्न ४९ करोडको हकप्रद बिक्री गर्दै थ्रीस्टार


काठमाडौं – थ्रीस्टार हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा पूर्व स्वीकृतीका लागि पठाएको छ । उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने जनाइएको छ ।

बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि स्वपूँजीमा लगानी गर्ने कम्पनीले जनाएको छ ।