काडमाडौं – नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकले पूर्वाधार विकाससँग सम्वन्धित परियोजनाहरुमा मात्र कर्जाहरु प्रवाह गर्न सक्ने बताएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंकले ३० करोड प्रति परियोजना भन्दा कम कर्जा तथा सुविधाको सीमा स्वीकृति तथा प्रवाह गर्न नसक्ने बताएको हो ।
तर, केन्द्रीय बैंककाअनुसार पुर्वधार बैंकले आफुले जारी गरेको मुद्दती निक्षेप रसिदको धितोमा ३० करोडभन्दा कम रकमको कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको नमानिने पनि बताएको छ ।
‘संस्थाले प्रादेशिक एवम् स्थानीय तहका सरकारहरुको अगुवाईमा पीपीपीबाट प्रवद्र्धित कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहरमैला व्यवस्थापन, खानेपानी व्यवस्थापन र ढल निकास सम्बन्धी परियोजनाहरुमा ३ करोड वा सो भन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले वाधा पुगेको मानिने छैन’ व्यवस्था संशोधन गर्दै केन्द्रीय बैंकले भनेको छ ।
पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखांकन गर्दा राष्ट्र बैंकबाट जारी भएको एनएफआरएस बमोजिम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले एकै क्षेत्रका परियोजनाहरुमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था गरिएको जनाएको छ भने क्षेत्रगत कर्जा सीमा नाघेमा सीमा भन्दा बढी प्रवाह भएको रकम संस्थाले प्राथमिक पुँजीबाट घटाउनु पर्ने बताएको छ ।
प्रतिक्रिया