साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, कात्तिक २० गतेभित्र आवेदन दिनु पर्ने

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, कात्तिक २० गतेभित्र आवेदन दिनु पर्ने


काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरेर कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने कम्पनकिो भनाई छ ।