सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले बनायो फेरि अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं– नेपाली बजारमा सुनको भाउले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर २ हजार १ सय रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो।