ग्लोबल आईएमई बैंकको खुद नाफा १ अर्ब २२ करोड

ग्लोबल आईएमई बैंकको खुद नाफा १ अर्ब २२ करोड


काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १४.२२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ।

हाल बैंकको १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ। हाल बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७.८४ प्रतिशत बढेको छ।