ट्राफिक प्रहरीले सुरु गर्यो ‘डिजिटल चिट’, सवारी चालक लाइसेन्सको झन्झटबाटसमेत मुक्त

ट्राफिक प्रहरीले सुरु गर्यो ‘डिजिटल चिट’, सवारी चालक लाइसेन्सको झन्झटबाटसमेत मुक्त


काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेविरुद्ध ‘डिजिटल चिट’ काट्न सुरु गरेको छ । आजदेखि ट्राफिक प्रहरीले कागजीरुपमा काट्दै आइरहेको चिटलाई प्रतिस्थापन गर्दै ‘डिजिटल चिट’ काट्न सुरु गरेको हो ।

गहृमन्त्री रमेश लेखकले आज ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चिट अर्थात डिजिटल चिटको उद्घाटन गरेका हुन् । उनले त्यसक्रममा नागरिकले सहज तरिकाले नै सरकारी सेवा दिने लक्ष्यसहित यो व्यवस्था गरेको जानकारी दिए ।

यससँगै सवारी चलाउनेक्रममा चालकले नियम उल्लंघन गरेमा चालकलाई डिजिटलमाध्यमबाटै चिट काट्ने र तत्कालै जरिवाना तिर्न सकिनेछ । यस्तै अब सवारी चलाउँदा अनिवार्यरुपमा लाइसेन्स बोक्नुपर्ने झन्झटबाट समेत सर्वसाधारणले मुक्ति पाएका छन् ।

सवारी चलाउनेक्रममा लाइसेन्स बोक्न बिर्सिएमा नागरिक एपमार्फत नै लाइन्सेन्स देखाउन मिल्ने व्यवस्था सुरु भएको छ । मोबाइल एप इन्सटल गरेर लाइसेन्स अपलोड गरेपछि प्रहरी चेकिङमा डिजिटलमाध्यमबाटै हेर्न र कारबाही गर्न सक्ने जनाइएको छ ।