विश्व बैंकबाट ३८ अर्ब रुपैयाँ ऋण लिने मन्त्रीपरिषद्को निर्णय

विश्व बैंकबाट ३८ अर्ब रुपैयाँ ऋण लिने मन्त्रीपरिषद्को निर्णय


काठमाडौं – विश्व बैंकबाट साढे ३८ अर्ब रुपैयाँ ऋण लिने मन्त्रीपरषिद्को बैठकले निर्णय गरेको छ । कात्तिक २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई शीर्षकमा विश्व बैंकबाट उक्त रकम ऋण लिने निर्णय भएको हो ।

विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न टोली गठन गर्ने निर्णय मन्त्रीपरिषद्को छ । यसका लागि अर्थ मन्त्रालयका सह–सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय बैठकले गरेको हो ।

१३५ मिलियन अमेरिकी डलरको १८ अर्ब २२ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । यस्तै, विश्व बैंकबाट ‘नेपाल डिसास्टर रिसाइलेन्स डिभलपमेन्ट पोलिसि क्रेडिट विथ क्याटासट्रफी ड्रडाउन अप्सन’मार्फत उपलब्ध हुने १५० मिलियन (२० अर्ब १२ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।