दुई महिनामा वाणिज्य बैंकहरुले कति कमाए ? 

दुई महिनामा वाणिज्य बैंकहरुले कति कमाए ? 


काठमाडौं – चालु आर्थिक वर्ष २०८१ /८२ को दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन्। चालु आर्थिक वर्षको पहिलो साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड खुद नाफा गरेकोमा भदौमा ८ अर्ब ५२ करोडले खुद नाफा कमाएका छन् । 

चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै १ अर्ब ६६ कराेड रूपैयाँ नबिल बैंकले नाफा कमाएकाे छ । नबिल बैंक पछाडि धेरै नाफा कमाउने बैंककमा ग्लोबल आईएमई बैंक रहेकाे छ । बैंकले भदौमा १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ।

ग्लाेबल र नबिल पछाडि धेरै नाफा कमाउने बैंकका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेकाे छ । बैंकले भदौमा १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, साे अवधिमा हिमालयन बैंकले १ अर्ब १६ कराेड, कुमारी बैंकले १ अर्ब ८ कराेड, प्राइम कमर्सियल बैंकले ९७ करोड ४७ लाख रुपैयाँ, प्रभु बैंकले ९१ करोड ३२ लाख रुपैयाँ, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ, एनएमबि बैंकले ७८ करोड रुपैयाँ, सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले ६७ करोड ८२ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले ६० करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

यसैगरी सिद्धार्थ बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५७ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ , माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।