रिलायबल लाइफको साधारण सभा जेठ २५ गते आह्वान

रिलायबल लाइफको साधारण सभा जेठ २५ गते आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

रिलायबल लाइफ इन्स्योरेन्सले जेठ २५ गते बुधबार कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

गत वैशाख २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित अन्य एजेण्डाहरु राखेर वार्षिक साधारण सभा बोलाएको छ । सभा जेठ २५ गते ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको छ ।

सभाले पुँजी वृद्धि गर्ने, तथा सर्वसाधारणलाई छुट्याइएको ६० रुपैयाँ लाख कित्ता आईपीओ सेयरबाट कर्मचारीलाई जारी गर्ने सेयरसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । यस्तै हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । कति प्रतिशत हकप्रद सेयर जारी गर्ने भन्ने विषयमा खुलाएको छैन ।

यसैगरी सभाले संस्थापक समूहका तर्फबाट सञ्चालक समितिमा प्रतनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन र एक स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी सभामा प्रबन्धपत्र तथा निमायवलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ । तीन जीवन बीमा कम्पनीहरुले एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरिसकेका छन् भने अन्य बीमा कम्पनीहरुले मर्जरका लागि छलफल तथा सञ्चालक समितिलाई मर्जरको आवश्यक प्रकृया साधारण सभाबाट अगाडि बढाइसकेका छन् । रिलायबल लाइफले भने मर्जर सम्बन्धी प्रस्तावहरु अगाडि बढाएको छैन ।