नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा विषेश छुट पाउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विषेश छुट दिने भएको हो।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ्ग) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ। छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ।