शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे

शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे


काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

गत बिहीबार सम्पन्न यस कम्पनीको संचालक समितिको ३४० औं बैठकबाट उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको हो ।

पाण्डे नेपाली निर्जीवन बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी र उत्कृष्ट बीमा सेवा प्रवाह गराउन सक्ने क्षमता भएका व्यक्ति हुन् ।