डिजिटल ठगीबाट कसरी सुरक्षित हुने ? यस्ता छन ७ तरिका

डिजिटल ठगीबाट कसरी सुरक्षित हुने ? यस्ता छन ७ तरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समयमा आधुनिक वित्तिय कारोबारमा जनताहरुको ध्यान केन्द्रित भएको छ । तर डिजिटल कारोबारमा ठगीहरु पनि हुने भएकोले यसबाट जोगिन आवश्यक छ । डिजिटल कारोबार जति सजिलो छ, ठगी गर्नेहरुलाई पनि त्यस्तै सजिलो बनाएको छ । अझ भन्नु पर्दा पछिल्लो समय डिजिटलको माध्यम बाट ठगी गर्नेको सञ्जाल नै रहेको छ । जसले सजिलै युवा, युवतीलाई आफ्नो प्रभावमा पर्ने र ठगी गर्ने गरेको पाईन्छ । सामाजिक सञ्जालमा सम्बन्ध बनाई ठगी गर्ने घटनाहरु आएको पाईन्छ । 

हिजोको दिनमा ठगीको घटना प्रत्यक्ष रुपमा उपस्थिति जनाएर हुन्थ्यो भने हाल डिजिटल प्रविधिको प्रयोग मार्फत ठगी गर्नेहरुको ध्यान गएको पाईन्छ । ठगी गर्नेको पहिचान पनि सजिलै नहुने भएकोले हालको समयमा यस्तो ठगीमा ठगहरुको ध्यान गएको पाईन्छ ।

नेपाल राष्ट्र बैंकले यस्तो ठगीबाट बच्नको लागि विभिन्न बैंकहरुलाई नितिगत निर्देशन दिएको छ । राष्ट्र बैंकले यस सम्बन्धी बेला–बेलामा अन्य बैंकहरुलाई सुचना मार्फत जानकारी गराउदै आएको छ । राष्ट्र बैंकले यस्तो ठगीबाट बच्नको लागि आफ्नो वेवसाईडमा पनि सुचनाहरु जारी गरिरहेको छ । 

राष्ट्र बैंकले विभिन्न सुरक्षा निकायहरुसँग मिलेर यस्तो कार्यलाई रोक्न सहकार्य पनि गरिरहेको छ । 

कसरी बच्न सकिन्छ विद्युतीय (डिजिटल) कारोबार बाट यस्ता छन उपाय

१.  आफ्नो ओ.टि.पि कसैलाई सेयर नगर्ने ।
२.  मोवाईल पासवर्डहरु कसैलाई सेयर नगर्ने । 
३.  मोवाईलमा पासवर्डहरु सेभ गरेर नराख्ने ।
४.  मोवाईल हराएको भए, बैंकमा गएर एकाउन्ट बन्द गर्ने, जसको कारणले तपाई ठगी बाट बच्न सक्नुहुन्छ । 
५.  ठगी भएको थाहा पाउने वित्तिकै बैंकलाई खबर गर्ने । राष्ट्र बैंकलाई पनि जानकारी गर्न सकिन्छ । 
६.  सामाजिक सञ्जालमा नचिनेको मान्छेहरु सँग कुरा नगर्ने ।
७.  पासवर्ड सजिलो नराख्ने । साधारतया हामीहरु आफ्नो नाम,थर राख्ने गर्छउ । यस्तो पासवर्ड ठगहरुले सजिलै पत्ता लगाउन सक्ने भएकोले कठिन पासवर्ड राख्ने ।