सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो : रवि लामिछाने

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो : रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सरकार मरेपछि आफुहरुलाई जुठो परेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले वर्तमान सरकारलाई व्यङ्गय गर्दै भनेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी’ । उनले अहिलेलाई सरकार मरेको र आफुहरुलाई जुठो परेको समेत उल्लेख गरेका छन् ।

आफुलाई न्यायलयप्रती आशा र न्यायप्रेमी जनता प्रति भरोसा रहेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई शिर ठाडो राख्न समेत अनुरोध गरेका छन् ।

यस्ताे छ लामिछानेकाे स्ट्याटस :