काठमाडौं – साताको ३ दिन कारोबार भएको शेयर बजारमा उत्साहपूर्ण वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार र सोमबार दसैं बिदा रहेकाले मंगलबारबाट मात्र कारोबार सुरु भयो । यो साता दसै पछाडि अर्थात् मंगलबारबाट खुलेको शेयर बजारमा उत्साहपूर्ण वृद्धि देखियो ।
गत साताको बुधबार दसैंको स्वागतमा बढेर बन्द भएको बजार दसैं पछाडि पनि बढिरह्यो । गत साताको बुधबार २६ सय ६८ अंकमा रोकिएको बजार यो साताको अन्तिम कारोबारको दिन बिहीबार २७ सय ४५ को अंकमा रोकिएको छ ।
गत साताको बुधबार दसैंको स्वागतमा बढेर बन्द भएको बजार दसैं पछाडि पनि बढिरह्यो । गत साताको बुधबार २६ सय ६८ अंकमा रोकिएको बजार यो साताको अन्तिम कारोबारको दिन बिहीबार २७ सय ४५ को अंकमा रोकिएको छ ।
यो साता तीन दिन कारोबार हुँदा शेयर बजार मापक परिसूचक (नेप्से) मंगलबार ३१. ४८ अंकले, बुधबार ४३ अंकले बढ्यो । दुई दिन दोहोरो अंकले बढेको बजारमा बिहीबार भने सामान्य करेक्सन देखियो त्यस दिन नेप्से २.४७ अंकले बढेको थियो । तीन दिन खुलेको बजारमा १५ अर्ब ९१ करोडको कारोबार भएको छ ।
कुन दिन कति कारोबार ?
मंगलबार – ३ अर्ब ६ करोड रुपैयाँ
बुधबार – ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ
बिहीबार – ७ अर्ब १९ करोड रुपैयाँ
प्रतिक्रिया