३ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्दै समता घरेलु लघुवित्त

३ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्दै समता घरेलु लघुवित्त


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

समता लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले यही वर्ष २०८१ को असोज २९ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।