१९ सय रुपैयाँले बढ्यो साताको सुन, हरेक दिन नयाँ कीर्तिमानी 

१९ सय रुपैयाँले बढ्यो साताको सुन, हरेक दिन नयाँ कीर्तिमानी 


काठमाडौं – यो साता दसैं बिदा परेकाले मंगलबारबाट मात्र सुनचाँदी कारोबार भएको थियो । गत साताको बिहीबारबाट बन्द भएको कारोबार यो साताको मंगलबारबाट सुरु भएको थियो । 

मंगलबार तोलामा एक हजार ४ सय रुपैयाँले बढेर सुरु भएको सुनको मूल्यले साताभरि अर्थात् शुकबारसम्म बढ्दै दिनहुँ कीर्तिमानी बनाइरह्यो ।

मंगलबार प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारसम्म आइपुग्दा १ लाख ६४ हजार ४०० रुपैयाँ पुग्यो । 

यो साता समग्रमा सुनको मूल्यमा १९ सय रुपैयाँको वृद्धि देखियो ।  मंगलबार १४ सयले बढ्दै सुरु भएको सुनको मूल्य बुधबार १३ सय, बिहीबार ६ सय रुपैयाँ र शुक्रबार २ हजार रुपैयाँले बढेको थियो । 

कुन दिन कति थियो सुनको मूल्य ? 

मंगलबार – १ लाख ६० हजार पाँच सय रुपैयाँ

बुधबार – १ लाख ६१ हजार ८०० रुपैयाँ

बिहीबार–  १ लाख ६२ हजार ४ सय रुपैयाँ

शुक्रबार – १ लाख ६२ हजार ४ सय रुपैयाँ