राष्ट्र बैंकद्वारा ‘सेवा रेमिट’को लाइसेन्स खारेज, लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

राष्ट्र बैंकद्वारा ‘सेवा रेमिट’को लाइसेन्स खारेज, लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना निकाल्दै सेवा रेमिट’ प्रालिको इजाजतपत्र (लाइसेन्स) खारेज हुने जानकारी दिएकाे छ । बैंकले सूचनामार्फत् लाइसेन्स खारेजी सम्बन्धी जानकारी दिदै लेनदेन बाँकी भएकाहरूलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेकाे हाे ।

केन्द्रीय बैंकले विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी, सेवा रेमिट प्रालि, कुलेश्वर काठमाडौंको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित) को विनियम–१३ को उप– विनियम (१०) खण्ड (ङ) बमोजिम खारेज हुने भएकाे जनाएकाे छ ।

साथै, उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र विभागमा लिखित रूपमा जानकारी दिन आग्रह गरेकाे छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने समेत बैंकले सूचना मार्फत् जानकारी दिएकाे छ ।