दिनहुँ कीर्तिमानी रच्दै सुनको मूल्य, १ लाख ६४ हजार नाघ्यो

दिनहुँ कीर्तिमानी रच्दै सुनको मूल्य, १ लाख ६४ हजार नाघ्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले दिनुहँ नयाँ कीर्तिमानी राखिरहेको छ । आज शुक्रबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो । बिहीबारपनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो।

हिजो प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मै उच्च थियो। जुन कीर्तिमानी आज तोडिएको छ।

बुधबार सुनको मूल्यमा प्रतितोला १३ सयको वृद्धि भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।