आयात बढ्दा निर्यात घट्यो, दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब माथि

आयात बढ्दा निर्यात घट्यो, दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब माथि


काठमाडौं – मुलुकको आयात बढेको छ भने निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब ९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७. ८ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४. ५ प्रतिशत, ४५. ३ प्रतिशत र ३. ९ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले रुपैयाँ भई २ खर्ब ३७ अर्ब ४५ करोड वृद्धि  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४. ७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।