काठमाडौं – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । दसैंपछि बुधबार पनि बढ्दै नयाँ कीर्तिमानी राखेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे छ।
बुधबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया