बैंकको मुद्दति निक्षेपमा १८%ले बढ्यो बीमकको लगानी

बैंकको मुद्दति निक्षेपमा १८%ले बढ्यो बीमकको लगानी



काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी १८ प्रतिशत बढीले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौसम्मको तथ्यांकबाट यस्तो देखिएको छ। २०८१ भदौसम्म बीमा कम्पनी जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन०ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब १६ अर्ब ३५ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन्। २०८० भदौसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब २१ अर्ब २२ करोड ९५ लाख रुपैयाँ थियो। पछिल्लो एक वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १८.२५ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २२.१९ प्रतिशतले बढेर १ खर्ब ८१ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

२०८१ भदौसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी ४०.६५ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

२०८१ भदौ मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १४.०९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ७४ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४० खर्ब ७८ अर्ब १८ करोड २३ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।