काठमाडौं – दसैंयता शेयर बजारले उकालो यात्रा लिएको छ । दसैंपछि पहिलोपटक खुलेको शेयर बजारमा हिजो मंगलबार ३१ अंकको वृद्धि आएको थियो । यसपछि, आज बुधबार फेरी ४३ अंकले बढेर २७ सय ४२ अंकमा पुगेर रोकिएको छ । यो १.६० प्रतिशतको वृद्धि हो ।
परिसूचक ४३ अंकले बढेको दिन आज ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख कित्ता शेयर किनबेच भएको छ । यसक्रममा, आज नेप्सेमा २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर कायम छ ।
आज बुधबार विजय लघुवित्त वित्तीय संस्था र इस्र्टन हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसबाहेक, अन्य कम्पनीको शेयर मूल्यमा ८ प्रतिशत वा सोभन्दा तलको वृद्धि आएको छ । यसैगरी, अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
यस्तै, आज नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी कारोबार भएको छ । आज यो कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसपछि, हिमालयन रि-इन्स्योरेन्सको शेयर मूल्य पनि १५ करोड रुपैयाँ बराबरकै शेयर किनबेच भएको छ । यसबाहेक, आज सबै समूहको सूचक बढ्न थालेको छ ।
आज बुधबार जीवन बीमा कम्पनी समूहको सूचक २३७ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक १८० अंक र व्यापार समूह १२४ अंकले बढेको छ । यसैगरी, होटल तथा टुरिजम समूहमा ९९ अंक, विकास बैंक समूह ९८ अंक, लघुवित्त समूहमा ७४ अंकको वृद्धि आएको छ ।
प्रतिक्रिया