काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुमा ५ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आज बुधबार एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएको हो ।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ मुद्दती निक्षेपमा जानकारी गराएको छ।
मुद्दती निक्षेपका रुपमा लिन चाहने बैंकहरुले कात्तिक २ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १३ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको लगायतका सर्त पुरा गरेको हुनुपर्नेछ ।



About Us
प्रतिक्रिया