वीरगन्ज – सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।
यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरेको थियो ।



About Us
प्रतिक्रिया