एनआईसी एसिया बैंकले ऋणपत्र ल्याउँदै, लगानीकर्तालाई ब्याज कति ?


काठमाडौं – एनआईसी एसिया बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ऋणपत्र जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

एनआईसी एसियाले कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

एनआईसीको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।