दसैं विदामा पनि नबिल बैंक खुल्ने, कुन–कुन दिन दिन्छ सेवा ?

दसैं विदामा पनि नबिल बैंक खुल्ने, कुन–कुन दिन दिन्छ सेवा ?


काठमाडौं – नबिल बैंकले दसैंको विदामा पनि बैंकिङ्ग सेवा दिने जानकारी दिएको छ । दसैंको विदामा पनि आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाबाट बञ्चित नगराउने लक्ष्यसहित बैंकले सेवा दिन लागेको हो ।

दसैंको विदामा सबैजसो सरकारी कार्यालय विदा हुन्छन् । यस्तै बैंकहरुका धेरैजसो शाखा समेत बन्द हुन्छन् । बैंकले दिएको सूचनाअनुसार विजय दशमी (टिकाको दिनबाहेक) अन्य दिनमा पालैपालो बैंकिङ्ग सेवा सञ्चालन हुनेछ ।